FAQs Complain Problems

अन्य कर

अनूसुची ८
ऐनको दफा (९) संग सम्बन्धित

जडिबुटी,कवाडी र मृत जिवजन्तु करका दर

ऊन, खोटो, जडिबुटी, बनकस, कवाडी माल, जीबितजन्तु बाहेकका अन्य मृत वा मारिएका जीबजन्तुको हाड, सिङ, प्वाखँ, छाला, जस्ता बस्तुको व्यवसायिक कारोवार बापत जडीबुटी, कवाडी र जीबजन्तु कर लाग्नेछ । उल्लिखित मालसामानका हकमा निम्न बमोजिम हुने साथै संकलन गर्ने कार्यबिधि विराटनगर महानगरपालिका, नगर कार्यपालिकाले तोके बमोजिम हुनेछ ।
क)    कागज जन्य सामानकालागि प्रति किलो ग्राम रु एक,
ख)    फलाम जन्य सामानकालागि प्रति किलोग्राम रु दुई,
ग)    स्टिलजन्य सामानका लागि प्रति किलोग्राम रु दुई र
घ)    अन्यका हकमा प्रति किलोग्राम रु दुई
 

 

 

अनूसुची ९
ऐनको दफा(१०) संग सम्वन्धित

चलचीत्र भवनहरुलाई चलचित्र प्रदर्शन गरे वापत प्रति चलचित्र प्रदर्शन गरेवापत प्रतिचल चित्रप्रदर्शन स्थल (प्रतिचलचित्रपर्दा) वापत वार्षिक निम्ननूसार मनोरन्जन कर र ब्यवसाय कर असूल उपर गरिनेछ ।

सि.नं. विवरण व्यवसाय कर मनोरञ्जन कर
५० सिट क्षमताभएकोअधिकतम १५०००।० ४००००।०
१०० सिट क्षमताभएको अधिकतम २५०००।० ५००००।०
१०० सिट भन्दा बढी क्षमताभएको अधिकतम ३००००।० ७५०००।०

नोट: यो विवरण आर्थिक ऐन २०७६ समावेश छ। आर्थिक ऐन २०७६ हेर्न यहाँ click गर्नुहोस् ।