FAQs Complain Problems

घर कायम सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
-
आवश्यक कागजातहरु: 

१) घरकायम सिफारिस पाऊँ भन्ने सम्बन्धी निवेदन  
२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि  
३ सम्बन्धित जग्गाको लागपुर्जाको प्रमाणपत्रको प्रतिलिपि 
४) स्थलगत प्रतिवेदन 
५)चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

प्रक्रिया: 

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने  
२) वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने  
३) प्राविधिक कर्मचारीबाट निरीक्षण गरी प्रतिवेदन दिने 
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने  
५) निवेदकले तोकिएको शुल्क बुझाउने  
६) दर्ता चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने